अविलम्ब रेविज नियन्त्रण र बैंकिङ क्षेत्रको नियमन गर्न राप्रपा मकवानपुरको माग

काठमाडौं । राप्रपा मकवानपुरको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपा बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपाने, बागमती प्रदेश सदस्य नवराज थपलिया, जिल्ला उपाध्यक्ष अर्जुनप्रसाद गौतम, जिल्ला सह–कोषाध्यक्ष सन्दीपकुमार सापकोटा, क्षेत्रीय सचिव विकास दुलाल, युवा मोर्चा अध्यक्ष विवेकविक्रम शाह, हेटौंडा नगर अध्यक्ष अरुण लामासमेतको टोली सो ज्ञापन पत्र बुझाउन पुगेको उपाध्यक्ष गौतमले बताएका छन् ।

ज्ञापन पत्रमा मकवानपुरमा फैलिएको रेविज लागेको कुकुरहरुको टोकाईको कारण जनजीवन प्रभावित भएको र सो तत्काल नियन्त्रण गर्नु पर्ने, बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको विषयमा ऋणीहरुको घर व्यवसायमा नै मानसिक यातना पुग्ने गरी तनाव नदिनु पर्ने, बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु, धितो मूल्यांकन इन्जिनियरिङ कन्सल्टेन्सीहरुको मिलोमतोमा धितो मूल्यांकन चलनचल्ती भन्दा कम राख्ने, रोक्का भएको स्वीकृत कर्जा प्रवाह नगर्ने र अनुचित लाभ लिने मनसायले कर्जा प्रकृयामा दुःख दिई मर्का परेको आदि विषयमा नियमबमोजिम गर्न गराउन र नियमबमोजिम दण्ड सजायको समेत सहजीकरण अविलम्ब सम्बन्धित निकायबाट गर्न गराउने प्रबन्ध गर्ने विषय समेटिएको थियो ।

Seen by Roshan Shrestha at 14:08

Enter

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *