काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सर्वोच्च अदालतका माननिय न्यायाधीश, कानून, न्याय तथा संसदिय मामिल मन्त्रालयका सचिव विशेष अदालतका अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीवल र नेपाली सेनाका अधिकृत प्रतिनिधि, नेपाल उधोगा वाणिज्य महासंघका अध्यक्ष लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा उक्त छलफल अन्तरक्रिया कार्यक्रमा सम्पन्न भएको थियो ।
कार्यक्रममा मस्तिष्क मृत्युबाट हुने अंग विरतण गर्नका लगि नेपाल सरकारले स्पष्ट मापदण्ड बनाएको हुँदा त्यसै अनुसार अंग वितरण हुने कुराको जानकारी गराइएको थियो ।
‘अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी सबैमा भयो भने मात्र अंग प्रत्यारोपण सहज हुन सक्छ, त्यो भन्दा पनि आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंग दान दिन सके १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने हुँदा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपूर्ण भएको कुरा शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा वरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा.पुकार चन्द्र श्रेष्ठले बताए ।’
अन्तरक्रियाका क्रममा सर्वोच्च अदातलका न्यायाधीश सपना प्रधान मल्लले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण क्षेत्रमा धेरै काम गरेको हुँदा त्यस केन्द्रमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीले २४ घण्टा खटिएर काम गर्नु पर्ने तर पनि परिवारको न्यूनतम आवश्यकता पुरा गर्नको निम्ती हम्य पर्ने हुँदा उक्त टिमलाई सुविधा बढाउनु पर्ने र मस्तिष्क मृत्यु भै अंगदान दिने परिवारलाई आर्थिक भन्दा अन्य सेवावाट सहयोग र सम्मान गर्नु पर्ने कुरामा जोड दिइन् ।
कानून मान्त्रालयका सचिव फडिन्द्र गौतमले केन्द्रको आफ्नै भवन नभएको र त्यति सानो स्थानबाट अंग प्रत्यारोपण जस्तो कार्य सफलताका साथ सम्पन्न गर्न खटिने चिकित्सक कर्मचारीलाई कामको आधारमा मुल्याङ्क गरी थप इन्सेन्टिभ दिनु पर्ने र अंगदाता परिवारलाई अंगदान गरेवापत सिधा पैसा दिनु भन्दा अन्य किसिमबाट सम्मानजनक सहयोग गर्नुपर्ने कुरा बताए ।
कार्यक्रमा सहभागी अन्य अतिथीहरुले मस्तिष्क मृत्यूबाट हुने अंगदान तथा प्रत्यारोपण प्रवद्र्धन गर्नको लागि जनचेतना अभिवृद्धी गरी मस्तिष्क मृत्यु भनेको मृत्यु नै हो भनि बुझाउनु आवश्यक रहेकाले यसको प्रचारप्रसार गर्नुपर्ने र अंगदाता परिवारलाई शिक्षा, स्वास्थ्यको पहुँचमा सहुलियत दिने र राज्यले मानसम्मान गर्नुपर्ने तथा परिवरिक बीमा गरी दने जस्ता कार्यक्रम ल्याएमा प्रभावकारी हुन सक्ने सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?