काठमाडौं । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो ।
विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो ।
मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहने गरेको पाइन्छ।
कृषि तथा उत्पादनमूलक र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ ।
अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् ।
नेपालको जनगणना २०७८ को तथ्याङक अनुसार नेपालमा १६ देखि ४० बर्ष उमेर समूहका युवाको जनसंख्या ४२.५६ प्रतिशत रहेको छ । नेपालको जनसंख्याको झण्डै आधाको हाराहारीमा रहेका युवाजनशक्ति राज्यको वेवास्ताकै कारण पिल्सिरहेका छन् ।
- युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइन्छ।
- नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ।
- संयुक्त राष्ट्रसंघको साधारण सभाले २०१४ डिसेम्बरमा आजकै दिन मनाउने संकल्प गरेको थियो।
- यो दिवस बढ्दो बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्ति सम्बोधन गर्न मनाइन्छ।
- आर्थिक, सामाजिक, राजनीतिक, र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता पाइन्छ।
- कृषि, उत्पादनमूलक, र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ।
- अध्ययन, रोजगारी, र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित छन्।
- नेपालको जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२.५६ प्रतिशत छ।
- नेपालको जनसंख्याको झण्डै आधा युवाशक्ति राज्यको वेवास्ताले पिल्सिरहेका छन्।