राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथग्रहण

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन् । ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

यसअघि उनी २०७८ असार २९ मा प्रधानमन्त्रीबाट बहिर्गमन भएका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहाय यादव, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तित्व समारोहमा उपस्थित थियो ।

प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको छ ।

समारोहमा भाग लिन आउनुहुने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *