लालबन्दी : नेपाल आयाल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ।
सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठ्कले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ।
पहिलो वर्गमा चारआली, जनकपुर, विराटनगर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्ज र भलवारी पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्दछन्।