पर्वत । पर्वत जिल्लामा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि सरुवा रोगको सङ्क्रमण न्यूनीकरण प्रभावकारी हुन सकेको छैन। चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका ६ नयाँ बिरामी थपिएका छन्। पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै छन्।
क्षयरोग (Tuberculosis)
चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म क्षयरोगका ५५ नयाँ बिरामी फेला परेका छन्। गत वर्षमा ७७ नयाँ बिरामी फेला परेका थिए, जसमा यो वर्ष सङ्ख्या घटेर ५५ मा झरेको हो। क्षयरोगको सङ्क्रमण फोक्सोलाई असर गर्छ र हावाबाट फैलिन्छ। यस रोगबाट बच्न खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। शङ्का लागेमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्दछ। नियमित औषधि सेवन गरिएमा रोग पूर्ण रूपमा निको हुन्छ।
- क्षयरोग माइकोबेक्टेरियम ट्युबरक्लोसिस नामक किटानुले गराउने संक्रमण हो।
- प्राथमिक रुपले यो रोग फोक्सोमा लाग्ने गर्छ र त्यहाँबाट रगतको बाटो हुँदै मुत्र प्रणालीमा सर्ने गर्छ
- संक्रमित बिरामीसँग सम्बन्ध
- रोगसँग लड्न सक्ने क्षमता कमजोर हुनु (जस्तै: एचआइभी एड्स, लामो समयदेखि रोगी हुनु, विशेष किसिमको औषधि सेवन, क्यान्सर)
- जनघनत्व बढी भएको ठाउँमा बसाइ गर्नु
- तल्लो स्तरीय जीवनशैली
- सरसफाइ र सन्तुलित भोजनको कमी
लक्षण: सुरुमा लक्षण बिहीन हुन्छ। रोग बढ्दै जाँदा पिसाबमा रगत मिसिएर आउनु, पिसाब गर्दा पोल्नु, कोखा दुख्नु , पिसाब पूर्ण रुपमा ननिख्रिनु र पिसाबको धार मसिनो हुनु जस्ता लक्षण देखा पर्छन्।
जटिलता: क्षयरोगले गर्दा हुन सक्ने जटिलता भनेको मुत्र मार्ग र मुत्र बाहिनी नलीमा खत आउनु, फिस्टुला बन्नु, मिर्गौला फेल हुनु र क्षयरोग उपचारका लागि प्रयोग हुने मुख्य औषधिले काम नगर्नु हुन्।
निदान कसरी गर्ने?
यो रोग निदान गर्न अलि कठिन हुने गर्छ। केही बिरामीमा त संक्रमणको प्रयोगशाला प्रमाण नहुँदा लक्षणकै आधारमा पनि क्षयरोग विरुद्धको उपचार चलाउनुपर्ने हुन्छ।
निदानका लागि गरिने सामान्य जाँचहरु यसप्रकार छन्– रगतको सामान्य जाँच, खकारको जाँच, पिसाबको जाँच, छातीको एक्सरे, पिसिआर इत्यादि। पिसिआर विधिबाट क्षयरोग बेलैमा निदान गरी सरल तरिकाले उपचार गर्न आजकल हदैसम्म सजिलो भएको छ। यो विधिले ९९ प्रतिशत केसमा क्षयरोग भएको नभएको पुष्टि गर्ने गरेको छ।
पिसाब गर्ने मार्गबाट दूरविन भएको यन्त्र सिस्टोस्कोप पठाई शंका लागेको ठाउँबाट मासु जाँचको लागि पठाइन्छ र मुत्र प्रणालीको क्षयरोग पता लगाउन कोसिस गरिन्छ। औषधिहरुले काम नगरेको खन्डमा जेनोटैपिंग र फेनोटैपिंग विधिबाट उचित जाँचहरु पनि गरिछ। निदान गर्दा यो रोग प्राय: मुत्र प्रणालीको अन्य संक्रमण, क्यान्सर तथा पत्थरीसँग झुक्किने देखिन्छ।
जटिल स्थिति भएको, नभएको पत्ता लगाउन विशेष किसिमको एक्सरे तथा सिटी स्क्यान पनि गर्नुपर्ने हुनसक्छ। यी विधिहरु अलि महँगो हुनाले रोग निदानमा अनेकन समस्या देखिन्छन्। तसर्थ; आफूलाई उपचार गर्ने चिकित्सकको सरसल्लाह अनुसार जाँच र उपचारको प्रक्रिया अगाडि बढाई चिकित्सकलाई उपचार गर्ने वातावरण सहज बनाइदिनुपर्छ।
उपचार
नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट क्षयरोगको नि:शुल्क उपचार गर्दै आएको छ। जुन दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक रुपमा डट्स केन्द्रबाट औषधि प्रदान गरिन्छ र औषधिले गर्दा देखिएको साइड इफेक्टहरु बेलैमा अवलोकन गरी आवश्कक कदम चालिन्छ।
उपचारका लागि प्रयोग हुने मुख्य औषधिहरु: आइसोनियाजाइड, रिफाम्पिसिन, इथाम्बुटोल, पाइराजिनामाइड हुन्। यी चार वटा औषधि पहिलो २ महिनासम्म दिइन्छ भने अर्को ४ महिनासम्म आइसोनियाजाइड र रिफाम्पिसिन मात्र दिने गरिन्छ। बीचबीचमा डट्सको प्रोटोकल अनुसार आवश्यक जाँचहरु गरी उपचारले काम गरेको, नगरेको निगरानी गरिन्छ। यी औषधिहरुले काम नगरेको खन्डमा आवश्कक जाँच गरी अन्य अनेकौं औषधि चलाउन सकिने अवस्थाहरु हुन्छन्।
मुत्र प्रणालीको क्षयरोग प्राय: भेटिइरहने रोग भए तापनि यो रोग सजिलै अनदेखी गर्न सकिने सम्भावना उत्तिकै रहेको छ। बिडम्बनाको कुरा त के हो भने, क्षयरोगको निदान र उपचार विधि सजिलै जताततै उपलब्ध भएता पनि बर्सेनी लगभग एक तिहाइभन्दा बढी मुत्र प्रणालीको क्षयरोग रोगीको रोग पत्ता लगाउन नसकिएको तथ्यांक छ।
अर्को मुख्य कुरा, यस किसिमको क्षयरोगको निदान र उपचार आफैंमा पनि एउटा विषेश चुनौती नै हो। यद्यपि पिसिआर जस्ता आधुनिक विधिले यो समस्यालाई केही हदसम्म समाधान गरेको देखिन्छ।
एचआइभी एड्स (HIV/AIDS)
जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म एक सय १२ जनामा एचआइभी एड्सको सङ्क्रमण थियो, जसमा चालु आवमा १३ जना नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या एक सय २५ पुगेको छ। एचआइभीको लक्षण देखिएका कोही पनि खुलेर नआउने भएकाले पुष्टि भएकाहरूलाई घरमै औषधि दिने गरिएको छ। विभिन्न सङ्घसंस्थाले एचआइभी एड्सको न्यूनीकरणमा काम गरिरहेका छन्।
कसरी फैलिन्छ एड्स ?
एचआईभी पोजेटिभ व्यक्तिसँगको असुरक्षित यौनसम्बन्ध, संक्रमितले प्रयोग गरेको इन्जेक्शन अर्को निरोगी व्यक्तिलाई प्रयोग गर्दा, संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिलाई दिँदा एचआईभी सर्न सक्छ । यसैगरी, एचआईभी संक्रमित महिलाले जन्माएको शिशुमा पनि यो रोग सर्न सक्छ ।
एड्सको लक्षण
एड्सको सुरुवाती दिनहरुमा कुनै पनि लक्षण देखिदैन । संक्रमित भइसकेको व्यक्ति पनि सामान्य व्यक्तिजस्तै देखिन्छ । तर, त्यसको केही वर्षपछि लक्षणहरु देखापर्न थाल्छन् । खोकी लाग्ने, ज्वरो आउने, थकाई लाग्ने, तौल कम हुने, अनुहारको छालामा, मुखमा, आँखामा वा नाकमा धब्बा देखिने गर्छ । विस्तारै स्मरणशक्ति कमजोर हुँदै जाने र शरीर दुख्ने समस्या यो रोगको मुख्य लक्षण हो । घाँटीमा खसखस हुने, ग्रन्थीहरु सुन्निने आदि लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन । छालामा चिलाउने, फुस्रो हुने, मांसपेशी दुख्ने आदि लक्षणले पनि एचआईभी एड्सको संकेत गर्छ । घाँटीको नली, मुख वा गुप्ताङ्गमा घाउ आउनु पनि एचआईभी एड्सको संकेत हो । डाक्टरका अनुसार रातिमा पसिना आउने, पेट बारम्बार बिग्रिने, पखाला लाग्ने आदि समस्या संक्रमित व्यक्तिमा देखिने लक्षण हो ।
कुष्ठरोग (Leprosy)
यस वर्ष मोदी गाउँपालिकामा एक, जलजला गाउँपालिकामा चार र फलेवास नगरपालिकामा एक जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन्। गत वर्ष १५ जना कुष्ठरोगका बिरामी फेला परेका थिए, जसमा यो वर्ष सङ्ख्या केही घटेको पाइएको छ। कुष्ठरोगको औषधि सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। सबैले नियमित औषधि सेवन गर्नुपर्छ।सरुवा रोगको सङ्क्रमण न्यूनीकरणका लागि जनचेतना फैलाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने, सङ्क्रमितलाई औषधि सेवन गराउने र स्वास्थ्य मापदण्डको पालना गर्ने मुख्य उपाय हुन्। औषधिको नियमित सेवनले रोग पूर्ण रूपमा निको हुने भएकाले लापरबाही नगर्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।
उपचार तथा महामारी
कुष्ठ रोग उपचारद्वारा निको हुन्छ। पौसिबेसिलरी कुष्ठ रोगको उपचारको लागि ६ महिनासम्म ड्यापसोने र रिफाम्पिसिन औषधिहरू सेवन गर्नुपर्छ। मल्टिबेसिलरी कुष्ठ रोगको उपचारको लागि १२ महिनासम्म रिफाम्पिसिन, ड्यापसोने र क्लोफेजिमाइनसेवन गर्नुपर्छ। यी उपचारहरू विश्व स्वास्थ्य सङ्गठनद्वारा नि:शुलक प्रदान गरिन्छ। केही सङ्ख्यामा अन्य एन्टिबायोटिहरू पनि प्रयोग गरिन सक्छ। सन् २०१२ मा विश्वभरमा, कुष्ठ रोगको १,८९,००० जना दीर्घकालीन र २,३०,००० जना नयाँ बिरामी विद्यमान थिए। दीर्घकालीन बिरामीहरूको सङ्ख्यामा सन् १९८० को दशकको तुलनामा धेरै गिरावट भएको छ जुन समयमा यो सङ्ख्या लगभग ५२ लाख थियो।धेरैजसो नयाँ बिरामीहरू १६ राष्ट्रमा देखा पर्ने गर्छन्, जसमध्ये भारतमा आधाभन्दा बढी नयाँ बिरामी रहेको पाइन्छ। विगत २० वर्षमा, १ करोड ६० लाख मानिसहरूलाई कुष्ठ रोगको उपचार प्रदान गरी निको पारिएको छ।