एमालेले आइतबार राति मन्त्रीमा टुंगो लागिसकेका नाम आइतबार बिहान गायव

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । एमालेले आइतबार राति मन्त्रीमा टुंगो लागिसकेका नामबाट आइतबार बिहान केहीलाई हटाएको छ । आइतबार राति टुंगिएका नाममध्ये थिए योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठ । तर बिहान उनीहरुको नाम मन्त्रीको सूचीबाट हटाइएको छ ।

उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राई मन्त्री बन्ने भएका छन् ।एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् ।

त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् । यस्तै एमालेबाट राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् । एमालेबाट मन्त्री बन्नेमा विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल, र मानवीर राई पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *