नुन पानीले नुहाउनुका फाइदाहरु

काठमाडौं । के तपाईंलाई थाहा छ नुन पानीले नुहाउनुका फाइदाहरु ?

हामीहरु दिनहुँ नुहाउने गर्छौं।नुहाउँदा कोहीले तातो पानीको प्रयोग गर्छन् भने कोहीले चिसो पानीको।हामीहरु प्रायः गर्मीमा चिसो र जाडोमा तातो पानीले नुहाउँछौं।

नुनबाट हामी सबै परिचित छौँ।नुन यस्तो चीज हो कि जुन खानामा धेरै वा थोरै भएमा खानाको स्वाद नै बिग्रने गर्छ।

नुनले खानालाई स्वादिष्ट बनाउँछ र शरीरको लागि धेरै महत्वपूर्ण छ।नुनले हाम्रो शरीरलाई भित्रबाट स्वस्थ राख्न मद्दत गर्छ।तर खाना बाहेक पनि नुनका अन्य उपयोगहरू छन्।

साथै यसलाई नुहाउने पानीमा मिसाएर प्रयोग गर्दा अर्थात् नुन पानीले नुहाउँदा छालादेखि रुघाखोकीसम्मको समस्या समाधान गर्छ।

आउनुहोस् नुन पानीले नुहाउनुका फाइदाहरूबारे जान्नुहोस् ।

मांसपेशीलाई आराम मिल्छ

नुहाउने पानीमा एक चम्चा नुन मिसाएर नुहाउँदा मांसपेशी दुख्ने समस्याबाट आराम मिल्छ।यसो गर्दा दिनभरको थकान हट्छ।

खासगरी सुत्नुअघि नुन पानीले नुहाउँदा राम्रो निद्रा आउँछ।दिनहुँको हिँड्डुलले शरीरमा दुखाइ भएमा दुखाइ हट्छ।

यसरी नुहाउँदा शरीर बाउँडिने, घुँडा र ढाड दुखाइबाट पनि राहत प्रदान गर्छ ।

चिसो र खोकी हट्नेछ

तातो पानीमा दुई चम्चा नुन मिसाएर नुहाउँदा ज्वरो,खोकी र चिसोबाट आराम मिल्छ।यसले नाक र घाँटीको संक्रमण हटाउन मद्दत गर्छ।

शरीर ‘डिटक्स’ हुन्छ

नुनमा म्याग्नेसियम सल्फेट तत्व रहेको हुन्छ।नुन मिसाएको पानीले नुहाउँदा शरीरलाई डिटक्सिफिकेसन हुन्छ।सल्फेट पोषणले शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ ।

नुन पानी छालाको लागि लाभदायक हुन्छ पानीमा एक चम्चा नुन मिसाएर नुहाउँदा चिलाउने,एक्जिमा र छाला सम्बन्धी अन्य समस्याबाट राहत मिल्छ ।

साथै यसरी नुहाउँदा छालामा चमक आउँछ र मृत कोशिकाहरु पनि हट्छ ।

रक्तसञ्चार बढ्छ

तातो पानीमा एक चम्चा नुन मिसाएर नुहाउँदा शरीरको रक्तसञ्चारमा सुधार हुन्छ, जसले मांसपेशीमा रक्तसञ्चार बढाउँछ ।

तौल घट्छ

नुन पानीले नुहाउँदा शरीरमा रहेको अतिरिक्त पानी हट्छ जसले बढी बोसो जलाउँछ र तौल घटाउन मद्दत गर्छ । साथै, यसले थकान पनि कम गर्छ ।

नकारात्मकता हटाउँछ

नुन पानीले नुहाउँदा शरीरलाई फाइदा पुर्‍याउनुको साथै हामीभित्रको नकारात्मकता पनि हटाउन मद्दत गर्छ।यदि हाम्रो जीवनमा सबै कुरा नकारात्मक चलिरहेको छ ।

बिहान नुन पानीले नुहाएर दिनको सुरुवात गर्दा हामीभित्रको नकारात्मक ऊर्जालाई खतम गर्छ।जसले गर्दा हाम्रो घरमा सुख र समृद्धि आउने गर्छ।

सुनिने समस्या हट्छ

नुन पानीले नुहाउँदा जोर्नी सुन्निने समस्या कम हुन्छ । मांसपेशीहरूले आराम पाउँछन् । पुरानो सुन्निने समस्यामा पनि यो प्रभावकारी साबित हुन्छ । जसले गर्दा थकान हट्छ ।

प्रतिरक्षा वृद्धि

नुन पानीले नुहाउँदा रोग प्रतिरोधी क्षमता पनि बढाउने गर्छ । यसले शरीरबाट रोगहरुलाई टाढा राख्छ ।

नुन पानीमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । जसले शरीरलाई शक्ति दिन्छ।नुन पानीमा पाइने एन्टी ब्याक्टेरिया गुणले खतरनाक माइक्रोब्स हटाउन मद्दत गर्छ।साथै नुन पानीले नुहाउँदा शरीरलाई तन्दुरुस्त राख्छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *