डा.स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुट्ने धम्की आयो : मुकुल ढकाल « Lokpath

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रवक्ताबाट हटाइएका डा. मुकुल ढकालले आफूलाई पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमणको धम्की आएको आरोप लगाएका छन् । डा. ढकालले वाग्लेको सचिवालयबाट शनिबार राति आफूलाई फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएको भन्दै आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको बताएका छन् ।

उनले आइतबार बिहान फेसबुकमा लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

शनिबार राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा डा. मुकुलले ‘नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको’ दाबीसमेत गरेका थिए । टेलिजिभन अन्तर्वार्तामा उनले रवि लामोछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेतले काठमाडौंको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सोही भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको जिकिर गरेका छन् ।

अन्तर्वार्ता प्रसारण भएकै राति राति स्वर्णिमको सचिवालयबाट कुट्ने धम्की आएको दाबी मुकुलले गरेपनि स्टाटसमा भने कारण खोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *