चौथोपटक प्रधानमन्त्री नियुक्त भए एमाले अध्यक्ष केपी ओली

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०)ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले दुई वा दुईभन्दा बढी दललाई नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गरेपछि ओलीले नेपाली कांग्रेसको समर्थनसहित शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।

ओलीको शपथग्रहण भने भोलि (सोमबार) मात्रै हुने भएको छ। बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ।

ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *