उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने : मेरो बारेमा आजबाटै अनुसन्धान गर्नुहोस्

काठमाडौं ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् ।

आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीससँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन् ।

उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, हिजो पनि उठेका हुन् । यहाँहरू सबै साक्षी हुनुहुन्छ ।

मैंले आफ्ना विषयमा आजसम्म यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु, न मैंले मेरो फाइल कुनै माध्यमबाट कुनै मन्त्रालय पठाएको छु

तरपनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने आजैबाट न्यायधीससँग गहन अध्ययन अनुसन्धान गर्नुस् । गल्ती गरेको जोकोही होस् बच्नु हुँदैन् ।’

उनले निर्मला पन्तको हत्यारा पत्ता लागाउन अनुसन्धानको एकदमै नजिक पुगेको पनि जानकारी दिए।उनले भने,‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौंँ।

एकदमै नजिक बारम्बार प्रश्न आयो तर कहिल्यै भनिन् । किनकी रिजल्ट आएपछि मात्रै भन्ने भनेर तर सुरक्षा निकायलाई राम्रोसँग थाहा छ ।

मलाई क्रेडिट चाहिँदैन् । सबै क्रेडिट नेतालाई र प्रहरीलाई जाओस् ।

कुनै नेता र मन्त्रीले नपाओस्, नेपाल प्रहरी सक्षम छ।गृहमन्त्री लामिछानेले जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइसकेको दाबी गरे।

उनले आफूले प्राप्त गरेको सूचना उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै आफ्नो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भने नभएको बताए ।

उनले भने,‘जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइसकेको छ । केही कानूनी जटिलताहरू भएका छन् ।

जटिलता पूरा गरेर आउने गृहमन्त्रीले पूरा गर्नुहोस । त्यो श्रेय नेपाल प्रहरीले प्राप्त गरोस् ।

म त्यसका लागि आफूसँग भएको सूचना जतिबेला पनि उपलब्ध गराउँछु । मेरो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भन्ने होइन ।’

लामिछानेले आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको मन्त्रालय बाहिर बसे पनि २४ सै घण्टा रहिरहने अठोट गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *