काठमाण्डू, प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् ।
प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री दाहाल पदमुक्त भएका हुन् ।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संविधानको धारा १०० ( २ ) अनुसार विश्वासको मत मागेका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर, प्रधानमन्त्री दाहालको पक्षमा ६३ मत मात्र पर्यो ।
उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।
१० पुस २०७९ मा प्रधानमन्त्री भएका दाहालले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए ।
उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।
दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।
तर, यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् ।
उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।