प्रधानमन्त्रीमा एमाले अध्‍यक्ष ओलीद्वारा १६५ सांसदको समर्थनसहित दाबी पेस

सौर्य अनलाइन
२०८१ असार २८ गते २२:३६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेसका एक नेताले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *