चन्द्रपुर : रौतहटमा जन्तीको बस (स्करपियो) पल्टिँदा दुई जनाको मृत्यु भएको छ।
गढीमाई नगरपालिका वडा नम्बर ६ सिंगारमन धर्मपुरमा बस दुर्घटनामा परेको हो।
जिल्लाको देवाही गोनाही नगरपालिकाको धरहरीबाट जन्ती बोकी सर्लाहीको चक्रघट्टा घर फक्रिने क्रम अचानक सो ठाउँमा बस अनियन्त्रित भई सडकको छेउमा रहेको नहरमा पल्टिएको हो। दुर्घटनामा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पण्डितकी ७ वर्षीया छोरी स्वेताको निधन भएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई ६ सिङगारमनस्थित भित्री सडकखण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकी जादै गरेको भारतीय नम्बरप्लेट एचआर ७ डी ८३८२ नम्बरको गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको हो।
उक्त गाडीमा जम्मा १२ जना सवार थिए। पाँच जना सकुशल रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालतर्फ उपचारका लागि पठाइएको छ। बसका चालक भने फरार छन्।