मधेश प्रदेशमा रासायनिक मलको अभाव नहुने , यस्तो छ साल्ट ट्रेडिङ र कृषि कम्पनीको योजना

वीरगञ्ज : मधेश प्रदेशमा रासायनिक मलको यस वर्ष अभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।

यी कम्पनीहरूले पर्याप्त मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन्।साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत मल आयात गरी अनुदानबापत कम मूल्यमा किसानलाई उपलब्ध गराउँदै आएका छन्।

मधेश प्रदेशमा रासायनिक मलको वितरणको नयाँ प्रणाली

कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मललाई खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख, र बाली सघनताको आधारमा स्थानीय तह अनुसार कोटा निर्धारण गरी बाँडफाँट गर्दै आएका छन्।

यसले गर्दा किसानलाई आवश्यक मल समयमै उपलब्ध हुन सकेको छ।

प्रादेशिक कार्यालयको तयारी

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय प्रमुख आमोज लामिछानेले यस वर्ष रासायनिक मलको समस्या नहुने दाबी गरेका छन्।

उनले गत वर्षको तुलनामा चालु वर्षमा आठ हजार आठ सय ४५ दशमलव १५ मेट्रिक टन धेरै मल वितरण भइसकेको जानकारी दिए।

कार्यालयले मधेश प्रदेशका आठ जिल्लामा ५२ हजार छ सय ५२ दशमलव ३५ मेट्रिक टन मल वितरण गरिसकेको छ।

 मल वितरणको मात्रा र क्षेत्र

यो वर्ष २७ हजार छ सय १४ दशमलव २५ मेट्रिक टन युरिया, २३ हजार छ सय ८७ दशमलव ७० मेट्रिक टन डिएपी, र १३ सय ६१ दशमलव ४० मेट्रिक टन पोटास मल मधेश प्रदेशमा वितरण गरिएको छ।

यसले किसानलाई आवश्यक पर्ने मलको पूर्ति गर्दै आएको छ। कार्यालयले १ हजार २९ डिलरमार्फत १ हजार २७० वडामा मल उपलब्ध गराउँदै आएको छ।

 किसानहरूको प्रतिक्रिया

नेपाल किसान महासंघ पर्साका पूर्वअध्यक्ष असर्फी साहले मधेश प्रदेशमा रासायनिक मलको अभाव रहेको गुनासो गरे।

ममता महतोले पनि सरकारले किसानको मागअनुसारको मल उपलब्ध गराउन माग गरिन्।

उनले भनिन्, “सरकारी अनुदानको मलले ५० प्रतिशत मात्रै थेग्ने गर्छ, अन्य मल किसान आफैँले जुगाड गर्नुपर्ने हुन्छ।”

आयातको कमी र किसानहरूको प्रयोग

कामु प्रमुख पाण्डेयले मलको आयात कम र कृषकले धेरै मलखाद प्रयोग गर्ने भएकाले पनि मलको समस्या हुने गरेको बताए।

सरकारले प्रति कट्ठा तीन किलोग्राम मल प्रयोग गर्नुपर्ने मापदण्ड तोकेको भए पनि कृषकले प्रति कट्ठा छ किलोग्रामभन्दा धेरै मल प्रयोग गर्ने गरेकोले अभाव हुने गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *