बागलुङको विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

सौर्य अनलाइन
२०८१ असार २७ गते १६:०२ मा प्रकाशित

बागलुङ । अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोरअन्तर्गत बागलुङ जिल्लाको बागलुङ नगरपालिका– १० डबल्याङ र मध्यपहाडी लोकमार्गअन्तर्गत सोही जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाँडा सडकखण्डमा पहिरो आएर पूर्णरुपमा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङको सुरक्षा फौज खटिएर अवरुद्ध सडकहरु खुलाएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

यसैगरी अविरल वर्षाको कारण पहिरोले सोही जिल्लाको बागलुङ नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षीया मनमती बोहोराको कच्ची घर भत्किएर पुरिएको लत्ताकपडा तथा सरसामानहरु सशस्त्र प्रहरी बल आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको उनले बताए ।

त्यस्तै बागलुङ नगरपालिका–७ तितौरेस्थित पानिवनमा घरको पालि भत्किएर ५१ वर्षीया खिमकुमारी शर्माको मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *