प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। बिहीबार सांसदलाई ह्वीप लगाएका हुन्।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले दाहाललाई विश्वासको मत नदिने प्रस्ताव राख्दै विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन्। भोलि संसद बैठकमा कांग्रेसका सांसदहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ।

कांग्रेस-एमालेबीच सहमति थिएको बादी, एमालेले मन्त्रीहरूलाई राजीनामा दिएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिएको थियो।

यसपछि जनता समाजवादी पार्टीले पनि सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर प्रतिनिधिसभामा विश्वासको मत माग्न लागेका हुन्।

नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। पार्टीका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन निर्देशन दिएका छन्।

सांसदीय कार्यदलले बिहीबार संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरिएको हो। साथै, कांग्रेसले शुक्रबारको बैठकमा अनिवार्य उपस्थिति निर्देशन गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति:

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *