मलंगवा :आफूलाई ‘तपस्वी’ दाबी गर्ने रामबहादुर बम्जनलाई नुवाकोट लगिएको छ। बम्जनलाई नुवाकोट जिल्ला कारागारमा राखिएको छ। बम्जनलाई नुवाकोट कारागारमा लगियो। उनलाई बुधबार दिनभर विदुरस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराई सरकारी अधिकारीमार्फत बयान लिइएको बताइएको छ।
उनलाई नुवाकोटकी एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरी परेपछि त्यसको बयानका लागि सर्लाहीबाट नुवाकोट लगिएको प्रहरीले जनाएको छ । बम्जनले भने उनीमाथि परेको उजुरीको इन्कारी बयान दिएको बताइएको छ ।बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।
रौटहटकी एक किशोरीले आफूमाथि यौन शोषणको मुद्दा
ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।
सुरुमा उनले दबाबका कारण जाहेरी दिन सकेकी थिइनन् । केही महिनापछि यो प्रकरण चर्चामा आइरहेका बेला पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् ।
त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो । यद्यपि, बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेपछि २०७५ असारतिर आश्रम छाडेर निस्किएको उनले बताएकी थिइन् ।
पत्रकार सम्मेलन भएकै स्थलमा बम्जन पक्षधरका केही व्यक्तिहरु प्रवेश गरेर उनीमाथि आक्षेप समेत लगाएका थिए ।
अनुयायीको हत्या आशंका, तर छैन प्रमाण
बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सञ्चलाल वाइवा १४ चैत २०७१ देखि बेपत्ता भएको भन्दै प्रहरी कहाँ उजुरी छ । आफन्तले सञ्चलालको आश्रमभित्रै हत्या भएको दाबी गरेका थिए ।
आफूसँग भएको विशेष शक्ति प्रयोग गरेर बलिप्रथा रोक्ने उनले बताएका थिए । त्यहीबेला बम्जन एक महिना गायब भए भने रीताको अहिलेसम्म अत्तोपत्तो छैन ।
उनको पनि हत्या भएको हुनसक्ने आशंका छ । यद्यपि, कुनै प्रमाण फेला परेको छैन । त्यहीबेला सिन्धुलीस्थित आश्रममा राखिएको ठूलो परिमाणको घ्यू गायब भएको भन्दै त्यहाँ बसेका अनुयायीहरुले बयान दिएका छन् ।
‘यसलाई जोडेर शव जलाएको हो कि भन्ने कोणबाट पनि अनुसन्धान गर्यौं, यद्यपि पत्ता लगाउन गाह्रो भयो’, अनुसन्धानमा संलग्न अर्का अधिकृत भन्छन् । सीआईबीका तत्कालीन एसपी वेलबहादुर पाण्डे नेतृत्वको टोलीले ३ असार २०७७ मा सिन्धुलीस्थित बम्जन आश्रममा छापा मारेको थियो ।
‘आश्रमबाहिरबाट सोचे जस्तो छँदै थिएन, त्यसैले सशस्त्र प्रहरी बलबाट मगाएर लाइफ डिटेक्टिङ मेसिन पनि प्रयोग गरेका थियौं’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘बङ्लामा कतै फल्स बटम बनाएर वा जमिनमुनि बस्ने ठाउँ बनाएर बसेको हुनसक्ने शंका समेत भएर त्यो लगेका थियौं ।’
सिन्धुलीस्थित बम्जन आश्रममा छापा मार्दा प्रहरीले लाइफ डिटेक्टिङ मेसिन समेत प्रयोग गरेको थियो। सशस्त्र प्रहरी बलसँग मागेर लगिएको त्यो मेसिन २०७२ सालमा भूकम्प जाँदा भग्नावशेषमा फसेका मानिसहरुको खोजीका लागि प्रयोग भएको थियो । तर, ८ घण्टासम्म चलाएको अपरेशनमा उनी फेला पर्न सकेनन् ।
बेपत्ता श्रृंखला
बम्जनविरुद्ध आफ्नो अनुयायी बेपत्ता पारेको भन्दै १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा पनि उजुरी परेको थियो । बम्जनका आश्रमका मानिसहरुले मगरको परिवारलाई उनी विदेश गएको बताएका छन् ।
यद्यपि, हालसम्म त्यसको कुनै आधार भेटिएको छैन । सिन्धुपाल्चोकस्थित आश्रमबाट नुवाकोटकी चुल्मो भनिने चिनिमाया तामाङ र मकवानपुरकी डोल्मो भनिने फुलमाया रुम्बा पनि बेपत्ता छन् ।
हालसम्म प्रहरीले उनीहरुबारे कुनै सूचना पाउन सकेको छैन । बम्जनकै बयानबाट उनीहरुबारे जानकारी प्राप्त हुनसक्ने अधिकृतहरुको अपेक्षा छ ।
यद्यपि, उनलाई जिल्ला अदालत सर्लाहीमा बुझाइहाल्नुपर्ने बाध्यता र अरु कारणले त्यो पनि कठिन देखिन्छ । बम्जनविरुद्ध अनुसन्धान सुरु भएलगत्तै लामा लगायतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं हालका प्रधानमन्त्री प्रचण्डलाई एउटा ज्ञापन पत्र बुझाएका थिए, जसमा बम्जनको प्रसंग उठाएर सञ्चार माध्यमले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाइएको थियो ।
बुधबार पनि बम्जनलाई भेट्न भन्दै पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी पुगेकी थिइन् । उनका अनुयायीसहित पुगेकी लामाले सुरुमा ब्यूरोका अधिकृतहरुसमक्ष आफूहरुले नै अदालतसम्म ‘गुरु’ लैजाने व्यवस्था मिलाइदिन आग्रह गरिन् ।