कृषि ज्ञान केन्द्रको अनुसार पर्सामा आजसम्म ६० प्रतिशत धानको रोपाइँ सम्पन्न

कृषि ज्ञान केन्द्रको अनुसार पर्सामा आजसम्म ६० प्रतिशत धानको रोपाइँ सम्पन्न

पर्सा : जिल्ला कृषि ज्ञान केन्द्रको अनुसार पर्सामा आजसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ, जबकि यो जिल्लामा कुल ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गर्छ।

कृषि ज्ञान केन्द्रको अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिनेछ।

विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको छ।

पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको थियो। यहाँ हरदिनाथ, सोनामन्सुली, र सावित्री जातका धान रोप्ने गरिन्छ। यस वर्ष पनि यी प्रजातिहरू नै प्रयोग गरिएका छन्।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादका अनुसार, पर्सामा असारको अन्तिम सातासम्म ६० प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ।

असार २३ गतेसम्म पर्सामा ६० प्रतिशत अर्थात २८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। केही स्थानमा चैते धानको हार्भेष्टिङ भइरहेको छ, जसका कारण ती स्थानमा मात्र रोपाइँ बाँकी रहेको छ।

यसपालि मनसुन समयमै सुरु भई वर्षा निरन्तर भएको गण्डक नहरमा पनि समयमै पानी आएकाले पर्याप्त सिँचाइ सुविधा उपलब्ध भएको छ।

कार्यालय प्रमुख मुनिलालका अनुसार,यस वर्ष अगहनी धानको उत्पादन बढ्ने सम्भावना देखिएको छ।

यदि कुनै प्राकृतिक विपद् नभएमा,धानको उत्पादन राम्रो हुने सम्भावना छ।

अन्नको भण्डार भनिने मधेश प्रदेशमा भने हालसम्म २५ दशमलव ५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।

मधेशमा धान खेती हुने कुल तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ।

तर हालसम्म मधेशमा २५ दशमलव ५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाईंले जानकारी दिएका छन्।

जिल्ला कृषि ज्ञान केन्द्रको सल्लाह

  • जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ।
  • हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो।
  • यो जिल्लामा ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गरेको छ।
  • केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ।
  • विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको हो।
  • पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको थियो।
  • यहाँ हरदिनाथ, सोनामन्सुली सावित्री जातका धान रोप्ने गरिन्छ।
  • पर्सामा असारको अन्तिम सातासम्म ६० प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ।
  • कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादका अनुसार ४७ हजार हेक्टर क्षेत्रफलमा अगहनी धानको खेती हुने गरेको छ।
  • मधेश प्रदेशमा भने हालसम्म २५ दशमलव ५ प्रतिशत मात्र रोपाइँ भएको छ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *