ओलीको संविधानको कार्यान्वयनको योजना:शिक्षालाई व्यवहारमुखी बनाउँदै

ओलीको संविधानको कार्यान्वयनको योजना:शिक्षालाई व्यवहारमुखी बनाउँदै

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संविधानको कार्यान्वयनको योजना आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन्।

उनले आफ्नो पार्टीको सचिवालय बैठकमा यो विचार प्रस्तुत गर्दै नेपाली कांग्रेससँग पनि यस विषयमा छलफल भएको बताए।

यद्यपि, संविधानका कुनै धारा र विषयमा परिवर्तन गर्ने बारेमा कुनै सहमति नभएको उनले स्पष्ट पारे।

ओलीले भने, संविधानको संशोधनका लागि कुनै आयोग बनाउने सहमति पनि नभएको छ।

ओलीले नेपाली कांग्रेससँगको राजनीतिक समीकरणलाई राजनीतिक स्थायित्व र विकासको लागि भएको बताए।

उनले एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था समाप्त पार्न लागेको भ्रामक प्रचारप्रति आपत्ति जनाए।

ओलीले संविधानलाई एक गतिशील दस्ताबेजको रुपमा व्याख्या गर्दै भने, “संविधान समाजको पथ प्रदर्शक हो र समय अनुसार परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ।”

प्रदेशहरूमा सरकार महिना–महिनामा फेरिनु पर्ने अवस्थाप्रति ओलीले चिन्ता व्यक्त गरे।

उनले निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्ने प्रवृत्तिको आलोचना गरे।

ओलीले भने,”देशको विकास निर्माण र जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिका विरुद्ध कांग्रेस–एमाले एक ठाउँमा आउनु परेको छ।”

ओलीले कतिपय कुरामा संविधान संशोधन आवश्यक भएको बताउँदै यसबारे विस्तृत छलफल पछि गरिने जानकारी दिए।

उनले अहिले बजारमा धेरै कुरा आएको बताउँदै कांग्रेससँग यस विषयमा कुनै विस्तृत कुरा नभएको स्पष्ट पारे।

मन्त्रालय बाँडफाँटको विषयमा ओलीले कांग्रेस र एमालेबीच कुनै सहमति नभएको बताए।तर सरकारमा सबै दललाई स्थान दिने विषयमा भने सहमति भएको उनले उल्लेख गरे।

ओलीले उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रिकीरणमा ध्यान दिनु आजको आवश्यकता भएको बताए।

साथै, सडक, पूर्वाधार, विद्युत्, सञ्चारलगायत क्षेत्रका आधारभूत काम भएका छन् र अब शिक्षालाई व्यवहारमुखी बनाउँदै कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक भएको बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *