यूएफा युरो कप २०२४: स्पेन र फ्रान्स सेमिफाइनलको लाइभ स्ट्रिमिङ् कसरी हेर्ने

यूएफा युरो कप २०२४: स्पेन र फ्रान्स सेमिफाइनलको लाइभ स्ट्रिमिङ् कसरी हेर्ने

काठमाडौं । यूएफा युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स प्रतिस्पर्धा गर्दै छन्।

म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुने यो हेभिवेट भिडन्त नेपाली समयअनुसार राति  पौने १ बजे सुरु हुने छ।

स्पेनले क्‍वार्टरफाइनलमा आयोजक जर्मनीलाई २-१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो।

फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।

स्पेन समूह बी का ३ वटै खेल जित्दै समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो।

उसले अन्तिम १६ मा जर्जियालाई हराएको थियो।फ्रान्स समूह डी को उपविजेता बन्दै नकआउट चरण पुगेको थियो ।

उसले अन्तिम १६ मा बेल्जियमलाई पराजित गरेको थियो ।

२ पटकको च्याम्पियन फ्रान्स र सर्वाधिक ३ पटक युरो कप जितेको स्पेन एक अर्काविरुद्ध मैदान उत्रिँदा जितसहित फाइनलमा स्थान बनाउने लक्ष्यमा हुने छन्।

१९६४, २००८ र २०१२ को चयाम्पियन स्पेन सर्वाधिक ३ पटक युरो जित्ने टोली हो ।

फ्रान्सले सन् १९९८ र २००० मा युरो कप जितेको थियो।

स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गर्दा फ्रान्सले ३ गोल मात्र गरेको छ।

उसले १ गोल उपहार स्वरूप प्राप्त गर्दा एउटा पेनाल्टीबाट सम्भव भएको थियो।कप्तान केलिएन एमबाप्पे सुरुमै नाकको चोटबाट ग्रसित हुँदा फ्रान्सले अपेक्षित प्रदर्शन गर्न सकेको छैन।यता स्पेनका युवा फरवार्ड लामिन यामल र निको विलियम्सले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

मिडफिल्डमा रोड्रीले गरिरहेको प्रदर्शनले फ्रान्सलाई थप दबाब दिन सक्छ।

दुई टोलीले हालसम्म एक आर्कविरुद्ध ३६ खेल खेल्दा स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् , ७ खेल बराबरीमा सकिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *