टीकापुरमा बाढीको प्रभावका लागि सावधानी अपनाउने आवश्यक उपायहरू

टीकापुरमा बाढीको प्रभावका लागि सावधानी अपनाउने आवश्यक उपायहरू

काठमाडौं। लगातारको वर्षापछि आएको बाढीले कैलाली जिल्लाका भजनी र टीकापुर नगरपालिकामा ठूलो क्षति पुर्याएको छ। भजनी नगरपालिकामा तीन सय १३ परिवार र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन्।

यी परिवारहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्। त्यसैले भजनी र टीकापुरमा बाढीको प्रभावका लागि सावधानी अपनाउने आवश्यक उपायहरू तल निम्न उल्लेखित छ।

भजनी नगरपालिकामा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ। भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीबाट प्रभावित भएका छन्।विपद् व्यवस्थापन शाखाका प्रमुख विष्णु न्यौपानेले यसबारे जानकारी दिए।विस्थापितहरू आफ्नो घरबाट खाद्यान्न ल्याएर खाने गरेका छन्।

पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन। पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ।बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पुर्याएको छ भने खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको छ।

भजनी नगरप्रमुख केवल चौधरीका अनुसार जलसतह नघटेकाले डुबानमा परेका घरमा भएको क्षतिको विवरण आउन सकेको छैन।उनले भने, “भजनी तहसनहस भएको छ, मानिसहरू विस्थापित भएका छन्, खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा पनि क्षति भएको छ।”

नगरप्रमुख चौधरीले पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै नागरिकका हितमा काम गर्नुपर्ने बताएका छन्।भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन्।बर्खाको समयमा माथिबाट वर्षा भइरहेको र तल लामखुट्टे तथा कीराको जोखिम रहेकाले उनीहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमालाले बताए।

टीकापुर नगरपालिकाको वडा नं ६ मा मोहना नदीको बाढी पसेपछि त्यहाँका बस्ती र विद्यालयहरू डुबानमा परेका छन्।टीकापुरमा एक सय ७४ परिवार विस्थापित भएका छन्।विभिन्न वडाका बस्तीहरूमा पनि बाढी पसेको छ,जसले गर्दा धेरै मानिस विस्थापित भएका छन्।

टीकापुरमा बाढीले विद्यालय र बस्तीमा ठूलो क्षति पुर्याएको छ।पूर्वतयारीका कारण समयमै उद्धार सम्भव भएको थियो।विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीका अनुसार प्रहरीको सहयोगमा ट्युबको प्रयोग गरेर सरसामान र मानिसहरूलाई उद्धार गरिएको थियो।

टीकापुरमा डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने निर्णय गरिएको छ।जोशीपुर गाउँपालिकाका सबै वडामा पनि पानी पसेको छ।सबै वडामा पानी पसे पनि वडा नं.३ का पाँच परिवारमात्र विस्थापित भएका छन्।

बाढीको प्रभावहरू रोक्ने उपाय

उपरोक्त समस्याहरुलाई हृदयदेखि स्वीकार गरी राज्यले आन्तरिकीकरण गरी देहायका सुझावहरुलाई युद्धस्तरमा कार्यान्वयन गर्ने हो भने नेपाल बाढी पहिरो मुक्त क्षेत्र भई प्रत्येक वर्ष आउने मनुसुन काल हैन, उत्सव बनेर आउने निश्चित हुनेछ ।

(१)तराईमा पूर्व-पश्चिमको सट्टा उत्तर-दक्षिण सडक निर्माण गर्ने

(२)पानीको निकास हुने नाला अतिक्रमणलाई हटाई पूर्ववत रुपमा कायम गर्नुपर्ने

(३)नदीको तटवर्ती क्षेत्रमा ईटाका लागि माटो उत्खनन् गर्न रोक लगाउने र जलप्रवाहलाई अवरोध हुने गरी माटो उत्खनन् गर्ने र ईटा बनाउने कार्यलाई नियन्त्रित गर्ने ।

ईटाको आपूर्तिलाई भरपर्दाे बनाउन भारतीय ईटाको आयातलाई सहज बनाउने ।

(४)नदी श्रोतमा अवैज्ञानिक उत्खनन् बन्द गर्ने र आवश्यक पर्ने निर्माण सामाग्री नेपाल सरकारले आफ्नै संयन्त्र बनाई उत्खनन् एवं वितरण गर्ने

(५)पहाडमा सडक मार्गलाई रञ्जुमार्ग र केवलकारले विस्थापन गर्ने र रणनीतिक महत्वका नभई नहुने राष्ट्रिय राजमार्ग बाहेक पहाडी क्षेत्रमा सडक बनाउन प्रतिवन्ध लगाउने ।

(६)नदीमा तटवन्ध गर्दा वषर्ाको पानीलाई आधार पानी त्यो सीमा भन्दा बाहिर पानी जान नपाउने गरी अग्ला पर्खालहरु लगाउने र वर्तमान टी आकारका तटवन्धलाई विस्थापन गर्ने

(७) जलप्रवाह क्षेत्रमा सदावहार वनको विकास गर्ने र त्यस्ता संवेदनशील क्षेत्रमा कुनै पनि प्रकारका विनाशक क्रियाकलापमाथि प्रतिवन्ध लगाउने

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *