जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने

जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताएका छन।

पार्टीको पोखरा महानगर कमिटीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाइने बताए ।

‘पार्टी संगठन निर्माण र सुदृढीकरण अबको हाम्रो पहिलो प्राथमिकता हो‘, उपमहासचिव शर्माले भने, ‘संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र भए तीनवटै मोर्चाबाट सङ्घर्ष गछौँ ।’

पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गर्दै उनले जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने बताए।

उपमहासचिव शर्माले विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकारे।

आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गरे।

माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने उनको भनाइ थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले संविधानअनुसार नै विश्वासको मत लिन लागेको उनले बताए।

माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिका क्षेत्रमा उल्लेखनीय काम भएको,जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने उपमहासचिव शर्माले बताए ।

  • जनार्दन शर्माले पार्टी सङ्गठन बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने बताए।
  • पोखरामा आयोजित कार्यकर्ता भेटघाटमा सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाउने बताए।
  • पार्टी संगठन निर्माण र सुदृढीकरणलाई पहिलो प्राथमिकता दिए।
  • संविधान संशोधन गरेर परिवर्तनका उपलब्धि खोस्ने षड्यन्त्र भएमा सङ्घर्ष गर्ने बताए।
  • प्रतिपक्षमा बस्न तयार रहेको र जनताका हक अधिकार गुम्न नदिन सचेत रहने बताए।
  • विगतमा कमी कमजोरी भएको स्वीकार गर्दै आफ्नो कमजोरीको जिम्मा लिन तयार रहेको बताए।
  • माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने बताए।
  • वर्तमान सरकारले संविधानअनुसार विश्वासको मत लिन लागेको बताए।
  • माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिमा उल्लेखनीय काम भएको दाबी गरे।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *