कञ्चन रौनियारले कुटपिट भएको भन्दै फेसबुकमा के लेखेकी थिइन् ?

कञ्चन रौनियारले कुटपिट भएको भन्दै फेसबुकमा के लेखेकी थिइन् ?

काठमाडौं । आजको एक्काइसौँ शताब्दीको युगमा पनि हाम्रो देशका महिला दाइजो, बोक्सी, छाउपडी, झुमा, बहुपत्नीलगायतका सामाजिक कुप्रथा तथा परम्पराको सिकार बनिरहेका छन् । धेरै नेपाली महिला विभिन्न खाले घरेलु हिंसा, यौनजन्य हिंसा जस्ता शारीरिक तथा मानसिक हिंसाबाट पीडित छन् ।

यसले नेपाली महिलालाई सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित गरिरहेको छ । हाम्रो देशमा महिलामाथि हुने हिंसामा मुख्यतया घरेलु हिंसा, बलात्कारलगायतका यौनजन्य हिंसाका साथै दाइजो नल्याएको निहुँमा हुने गरेका जघन्य हिंसा रहेका छन् । त्यस्तै सर्लाही जिल्लाको हरिवन नगरपालिकामा दाइजोको नाममा बुहारी कञ्चन रौनियारलाई कुटपिट गरेको आरोपमा हरिवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। कञ्चन रौनियारले कुटपिट भएको भन्दै फेसबुकमा के लेखेकी थिइन् ?

ससुरा सुरेन्द्र गुप्ता र सासू अरुण कुमारी गुप्तालाई हरिवन प्रहरीले नियन्त्रणमा लिएको हो।मोरङ माइती भएकी कञ्चनले फेसबुकमा ५० लाख दाइजो नल्याएको भन्दै कुटपिट भएको लेखेकी थिइन्।

उनको स्टाटसपछि यो घटना चर्चामा आएको हो। घरका सदस्यले पहिलेदेखि यातना दिने गरेको कञ्चनले लेखेकी थिइन्।रोहित गुप्ताले भने आफूले श्रीमतीमाथि हात नगरेको फेसबुकमार्फत स्पष्टीकरण दिएका छन्।

कञ्चन रौनियारले कुटपिट भएको भन्दै फेसबुकमा के लेखेकी थिइन्?

  • कञ्चन रौनियारले दाइजोको नाममा कुटपिट भएको आरोप लगाइन्।
  • ५० लाख दाइजो नल्याएको भन्दै सासूससुरा र श्रीमानले कञ्चनलाई कुटपिट गरेको आरोप लगाइन्।
  •  कञ्चनले घरका सदस्यबाट निरन्तर यातना पाएको बताइन्।
  • उनले न्याय माग्दा कुनै सहयोग नपाएको गुनासो गरिन्।
  • हरिवन नगरपालिका वडा नम्बर ११ का अध्यक्ष शेख महबुबले कञ्चन र रोहितबीच सहमति गराएको बताए।
  • रोहित गुप्ताले आफूले श्रीमतीमाथि हात नहालेको फेसबुकमार्फत स्पष्टीकरण दिए।
  •  कञ्चनले सामाजिक परम्परा अनुसार रोहित गुप्तासँग २०७९/०३/१० मा विवाह गरेकी थिइन्।
  •  बिहेमा ६५-७० लाख खर्च भएको, जसमा नगद, सुन, चाँदी, र घरका सामान दिएको बताइन्।
  •  बिहेपछि केही महिना मायाले बसे पनि पछि कुटपिट र हिंसा सुरु भयो।
  •  कञ्चनले ५० लाख दाइजो मागेर कुटपिट गरिएको बताइन्।
  • कञ्चनले घरको यातना सहेर बसेको बताइन्।
  • कञ्चनका सासूससुराले रोहितलाई अर्को बिहे गरेर दाइजो ल्याउन दबाब दिएको आरोप लगाइन्।
  • कञ्चनको मोबाइल खोसिएको र परिवारका सम्पर्क नम्बर ब्लक गरिएको बताइन्।
  •  कञ्चनलाई तिहार र छैठी पछि कुटपिट गरी घरबाट निकालिएको बताइन्।
  • कञ्चनले मलंगवा माइती नेपालमा सहयोग नपाएको बताइन्।
  •  कञ्चनले समाज र आफन्तलाई गुहार्दा कुनै कारवाही नभएको बताइन्।
  • कञ्चनले आवाज उठाउँदा समाजले दबाएको आरोप लगाइन्।
  • २३. कञ्चनले विदेश जान पैसा माग्दा फेरि कुटपिट भएको बताइन्।
  • कञ्चनका माइतीले १० लाखको चेक र ६ लाख नगद दिएको बताइन्।
  • भिसा नलागेपछि कञ्चनलाई फेरि कुटपिट गरी घरबाट निकालेको बताइन्।
  • कञ्चनले घरेलु हिंसाको मुद्दा दर्ता गरेको बताइन्।
  • कञ्चनले ६ महिना प्रहरी प्रशासनमा न्याय मागेको बताइन्।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *