मनसुनसँगै पोखरा लेकसाइडमा पर्यटकीय गतिविधि सुस्ताएको मुख्य कारणहरू

मनसुनसँगै पोखरा लेकसाइडमा पर्यटकीय गतिविधि सुस्ताएको मुख्य कारणहरू

मनसुनसँगै पर्यटकीय क्षेत्र लेकसाइड पनि सुस्ताएको छ।मनसुनसँगै पोखरा लेकसाइडमा पर्यटकीय गतिविधि सुस्ताएको मुख्य कारणहरू के होला,भनेर पक्कै पनि मनमा जिज्ञासा होला।आज तपाइहरुको मनमा भएको जिज्ञासा पुरा गर्नी छौ।

पर्यटन व्यावसायीका अनुसार केहीदिन अघिसम्म आन्तरिकसँगै भारतीय पर्यटकको भीडभाड रहेको पोखरामा अहिले पाहुना निकै कम रहेको पर्यटन व्यावसायीले बताएका छन्।

होटलका पाहुना घटेसँगै अकुपेन्सी कम भएको व्यावसायीले बताएका छन्। पाहुनाको आउजाउ ठप्प भयो। 

लेकसाइडस्थित पोखरा भिलेज रिसोर्टका संचालकका अनुसार तीनदिने लगातारको झरिले पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। ‘झरिले सबैतिर बाढी पहिरो आउँदा पोखरा नै ‘लक’ भयो।

‘पाहुनाको हिडडुल गर्ने अवस्था नै रहेन।तीनदिनको झरीले पोखरा भित्रिने मुख्य सिद्धार्थ र पृथ्वी राजमार्ग तीनदिनससम्मै ठप्प जस्तै भएको थियो।

बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा पहिरोसँगै हिलोको लेदोले घन्टौसम्म पाहुना बाटैमा रोकिएको छ।काठमाडौंबाट पोखरा आउन झन्डै २२ घण्टा लागेको व्यावसायीहरुले बताए।

त्यस्तै वर्षाले ठाउँठाउँमा पहिरो निम्त्याउँदा सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको थियो।वर्षाका कारण पोखरासम्मको हवाई मार्ग पनि ठप्प भएको थियो।

अविरल वर्षाका कारण गत शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिनभर अवरुद्ध भएको थियो। आइतबार बल्ल उडान भएका थिए।

‘पोखरासम्मको हवाई र स्थल यातायात अवरुद्ध हुँदा यात्रुको ओहोरदोहोर नै रोकिएको थियो।वर्षा अघिसम्म करिब ३५ प्रतिशत रहेको पोखराका होटलको अकुपेन्सी अहिले १५ प्रतिशतमा झरिसकेको छ।

केहीदिन अघिसम्म चलायमान रहेको पर्यटन क्षेत्र वर्षाका कारणले एकाएक सुनसान बनेको पर्यटन व्यावसायीले बताए।

पोखरा लेकसाइडमा पर्यटकीय गतिविधि कम भएको कारणहरू

निरन्तर वर्षा र बाढी पहिरो

पोखरा लेकसाइडमा पर्यटकीय गतिविधि कम हुनुको मुख्य कारण निरन्तर वर्षा र बाढी पहिरो हो।

वर्षातका कारण ठाउँठाउँमा बाढी र पहिरो आएपछि सडक र यातायात अवरुद्ध भएका छन्।

यसले गर्दा पर्यटकहरू सुरक्षित यात्रा गर्न नसक्ने भएका छन्।

 सडक र हवाई मार्ग अवरुद्ध

सिद्धार्थ र पृथ्वी राजमार्ग पहिरो र हिलोले गर्दा बन्द भएका छन्।सडक अवरुद्ध हुँदा पर्यटकले पोखरा पुग्न सकिरहेका छैनन्।

साथै, लगातारको वर्षाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ, जसले गर्दा हवाई मार्गबाट आउने पर्यटक पनि रोकिएका छन्।

होटलहरूको अकुपेन्सी कम

वर्षाका कारण पर्यटकको संख्या घटेकाले होटलहरूको अकुपेन्सी पनि कम भएको छ।

पोखरा भिलेज रिसोर्टका संचालक हरि शर्माका अनुसार तीनदिने लगातारको झरिले पाहुनाको आवतजावत ठप्प भएको छ, जसले होटल व्यवसायमा ठूलो असर पारेको छ।

 साहसिक पर्यटकीय गतिविधिमा कमी

वर्षातका बेला साहसिक पर्यटकीय गतिविधि, जस्तै ट्रेकिङ र हाइकिङ, कठिन हुन्छ। ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष धर्मराज पन्थीका अनुसार वर्षाका कारण पदयात्रा र साहसिक गतिविधिहरू बन्द हुने गरेका छन्। यसले पर्यटकको संख्या घटाएको छ।

आन्तरिक र भारतीय पर्यटकको आगमनमा कमी

वर्षातका कारण आन्तरिक र भारतीय पर्यटकहरूको आगमनमा कमी आएको छ।बुटवल हुँदै पोखरा आउने भारतीय पर्यटकहरू बाटो अवरुद्ध हुँदा बुटवलबाटै फर्किएका छन्।

आन्तरिक पर्यटक पनि कम भएका छन्, जसले पोखराको पर्यटकीय गतिविधिमा कमी ल्याएको छ।

 आर्थिक मन्दी र पहुँच समस्या

पर्यटकको कमीको अर्को कारण आर्थिक मन्दी हो।होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार पछिल्लो समय व्यावसायमा मन्दी देखिएको छ।

जसले आन्तरिक पाहुनाको आगमनमा असर पारेको छ।वर्षाको कारणले पोखरासम्मको पहुँच पनि कठिन बनेको छ,जसले पर्यटकलाई पोखरा आउन रोकिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *