भारतीय मोटरसाइकलको ठक्करबाट कौडेनामा ७० वर्षीया वृद्धाको मृत्यु –

हरिवनः कौडेनामा मोटरसाइकको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।

गाउँपालिका-२ मा आज दिउँसो १ बजेतिर भएको दुर्घटनामा वडा नम्बर २ फुलपरासी बस्ने ७० वर्षीया दुखिया देवीको मृत्यु भएको हो।

गाउँको भित्री सडकमा बीआर ०६ एभी ३१६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुखिया देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *