भारतको मेघालयमा चार नेपालीको घाँटी रेटेर हत्या –

सर्लाही : भारतको मेघालयमा चार जना नेपालीको हत्या भएको छ।

उनीहरूको घाँटी रेटेर हत्या गरेको अवस्था प्रहरीले फेला पारेको हो। मेघालयको राजधानीबाट झन्डै १३० किलोमीटर टाढा उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको हो।

प्रहरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन्। अन्यको पहिचान हुन नसकेको छैन्। उनीहरूको हात बाँधेर घाँटी लगाएत शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ।

उनीहरूको शवलाई पोस्टमार्टमका लागि शिभिल अस्पतालमा लगिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको त्यहाँ प्रहरीले जानकारी दिएको छ।

हत्या गरिएका ४ जना स्थानीय कोइला खानीमा मजदुरी गर्दै आएको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *