गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

 काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाले लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोला पुलमा क्षति पुर्‍याएको छ।

वर्षाका कारण ईश्वपुरपुर नगरपालिकातर्फ पुलको मुखमा बाढीले क्षति पुर्‍याएको हो। उक्त पुलले लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्छ।पुलको मुख भत्किए पनि जोखिम मोलेर सवारीसाधनहरू वारपार गरिरहेका छन्।

अविरल वर्षाले पुलको मुख भत्किएपछि एकतर्फी रूपमा सवारीसाधन चलाइएको छ। मोटरसाइकललगायत दुईपांग्रे सवारीसाधनहरू भने निर्बाध चले पनि चारपांग्रे सवारीसाधन चलाउन भने समस्या भएको त्यहाँका स्थानीयहरूले बताएका छन्।

निर्माणको एक वर्ष नपुग्दै पुल भत्किएपछि स्थानीयबासी चिन्तित बनेका छन् भने पुल निर्माणमा लापरवाही र स्थानीय तह बेखबर भएको भन्दै आक्रोशित बनेका छन्।

अघिल्लो वर्ष असारमा पुल ढलान गरेकै राति खोलामा बाढी आएर पुलको केही भाग बगाएपछि लामो समयसम्म निर्माण रोकिएको थियो। उक्त पुल निर्माणका लागि पप्पु शिवशंकर जेभीले १२ करोड रुपैयाँमा ठेक्का लिएको थियो। गएरातिदेखि परेको अविरल वर्षाले फुलजोर खोला पुलमा क्षति पुर्‍याएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *