आगामी तीन दिनको मौसम पूर्वानुमान : आजको मौसम जानकारी

काठमाडौँ :आगामी तीन दिनको मौसम पूर्वानुमान।आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान अनुसार गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

उच्च जोखिममा रहेको जिल्ला गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन्।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ।

कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम,हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ।

केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ।न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने छ।

मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको छ।

ठूला,साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने मौसम महाशाखाले जानकारी गराएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *