वाग्लेले महामन्त्रीको व्यवहारले बैठकलाई असहज बनाएको टिप्पणी गर्दै उनले प्रस्तुत गरेको प्रतिवेदन ओझेलमा परेको बताए। वाग्लेले बैठक लाइभ नगर्ने निर्णयलाई महामन्त्रीले स्वाभाविक रूपमा नलिएको जनाए।
वाग्लेले भने, ‘उहाँको आजको व्यवहार एकदमै अस्वाभाविक असहज, र अप्राकृतिक भयो। उहाँलाई अनुशासन लाग्दैन ? अरूले साधारण सदस्यले गर्दा अनुशासनको डन्डा चल्ने, महामन्त्रीले गर्दा त्यो लागु हुँदैन ? हाम्रो स्नेह र सम्मानलाई उहाँले सामूहिक रूपमा लत्त्याउनुभयो।’
महामन्त्रीमाथि कारबाहीको माग उठे पनि सभापतिले त्यसलाई रोकेको वाग्लेले जनाए।
उनका अनुसार सभापतिले अनुशासन आयोगको माध्यमबाटै कारबाहीको प्रक्रियामा जानुपर्ने भन्दै तत्कालको कारबाहीलाई टार्ने निर्णय गरेका छन्।