१८ असार, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमलाा पन्तले ५ सय हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् ।
उनले भनिन्, ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ । छ ? मानिन्छ ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ । यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ । हामी इजजतदार नागरिक हुनुपर्छ ।’
उनले अर्थमन्त्रीले हिम्मत देखाएर भए पनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताइन् । उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् ।
‘नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुपर्छ । अर्थमन्त्रीज्यू, सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस् ।’ उनले भनिन् ।
सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न माग गरिन् ।