हरिपुरस्थित मकैबारीमा महिलाको शव फेला –

महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका-४ हरैयामा एक महिलाको शव आफ्नै मकैबारीमा फेला परेको छ।

उक्त शव  स्थानीय ठगा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको भएको खुलेको हो। घरभन्दा करिब ५०० मिटर पूर्व आफ्नै मकैबारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शव फेला परेकोबारे राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शङ्कास्पद रहेको बताए ।

परिवारका सदस्यका अनुसार कृष्णादेवी घाँस काट्न भनी हिजो अपराह्न ४ बजेपछि घरबाट खेततर्फ गएकी थिइन्। अबेरसम्म पनि घर फर्किएर नआएपछि श्रीमानसहित छरछिमेकी खोज्न मकै खेतमा जाँदा उनको शव फेला परेको हो।

घटनास्थलको प्रकृति मुचुल्का गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *