सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद : भारतमा तस्कर गर्ने

सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद : भारतमा तस्कर गर्ने

हरिवन:सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद गरेको छ। सर्लाहीको बागमती नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले ७४ लाख रुपैयाँभन्दा बढीको ग्यास लाइटर बरामद गरेको छ।

वीरगञ्जबाट जनकपुरका लागि छुटेको प्र२–०१–००१ ख ०१५३ नम्बरको ट्रक चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले उक्त परिमाणको लाइटर बरामद गरेको जनाएको छ।

सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद भएका लाइटरको प्रज्ञापन पत्र र बिल भरपाइ नदेखिएको प्रहरीले जनाएको छ।

चीनमा बनेको लेखिएको उक्त लाइटर ६५० कार्टुन बरामद भएको हो। जसको मूल्य ७४ लाख २४ हजार कायम गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।

नेपालमा चीनबाट लाइटर ल्याएर भारतमा तस्कर गर्ने गरेको पाइएको छ। नेपालमा एक त भन्सार नतिरी (अवैधानिक बाटोबाट) आयात गर्ने र अर्को भारत लगायत छिमेकी देशमा भएको बन्देजलाई अवसरको रूपमा लिएर अधिक आयात हुने गरेको देखिएको छ। त्यसरी आयातीत लाइटर चोर बाटोबाट भारतमा जाने गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *