घिमिरे चार दाजुभाईको पशुपालन : नेपालमै पैसा फलाएर देखाउछौ पशुपालक

घिमिरे चार दाजुभाईको पशुपालन : नेपालमै पैसा फलाएर देखाउछौ पशुपालक

सर्लाही । सर्लाही जिल्लामा घिमिरे चार दाजुभाईको पशुपालन नेपालमै पैसा फलाएर देखाउछौ किन जानू पर्यो र लाखौं खर्ची बिदेश, पशुपालक।

मानव स्वास्थको लागि दुधजन्य तथा पशुजन्य खाद्यान्नको प्रयोग अपरिहार्य जस्तो भएतापनी ,कृषि प्रधान देश नेपालमा बिदेशबाट यी बस्तुको आयात क्रमिक रूपमा बढ्दै गहिरहेको अवस्था छ।

कृषि पेशामा संलग्न परिवारले पशुपालन ब्यवसायलाइ पुरक पेसाको रूपमा लिएको भएतापनी पशुपालनलाइ व्यस्थित र ब्यवसायिक बनाउन सकिने अवस्था छैन।

यसरी देशमा कृषी योग्य जमिन बाझो रहने,ब्यवसायिक पशुपालनतर्फ किसानको ध्यान नजानु ,युवाहरू रोजगारीको खोजीमा बिदेशिनु जस्ता कारणले हामीले दैनिक रूपमा उत्पादन र उपयोग गर्नी खाध्यानको आयात गर्नु पर्नी अवस्था रहेको छ।

नेपालको सात प्रदेश मध्य प्रदेश न. दुईको मध्य भागमा पर्ने सर्लाही जिल्लाको उत्तर- पक्षिममा अवस्थित बागमती नगरपालिकाको भूगोल तथा हावापानी कृषि तथा पशुपालन ब्यवसायको लागि उपयुक्त रहेकोे छ।

साबिक चार गाउँ बिकास समितिलाई समेटेर बनेको बागमती नदिको किनारमा अवस्थित यस नगरपालिकाको बासिन्दाको प्रमुख पेशा कृषि रहेको छ।

घिमिरे चार दाजुभाईको पशुपालन

यद्यपि यहाँको कृषि तथा पशुपालन निर्वाहमखी नै रहेको पाइन्छ।स्थानीय इस्थरमा कृषि व्यवसायलाई व्यवस्थित गर्दै व्यवसायिक रूपमा पशुपालन व्यवसाय सञचालन गर्नीहो ।

स्थानीय इस्थरमा रोजगारी सिर्जना गर्ने तथा स्थानीय बजारमा सर्वसुलभ दरमा पशुजन्य उत्पादनको उपलब्धता बढाउँदै लैजाने उदेश्यले घिमिरे दाजभाइले कृषि क्षेत्रमा समर्पित हुने अठोटलाई साकार पार्न,नेपाल मै छ पैसा किन जानू पर्यो बिदेश; नेपालमै पैसा फलाएर देखाउछौ भन्ने सोच का साथ घरेलु तथा साना उधोग कायलयमा घिमिरे दाजुभाइ कृषि तथा पशुपन्छि माछा फार्म विक्रम संवत २०७६ साल भाद्र ०९ गते दर्ता गराएका हुन ।

फार्म सञ्चालनका लागि आवश्यक जग्गा जमिन संचालकहरुको निजी स्वामित्वमा रहेको हुँदा फार्मको पूर्वाधार निर्माणको थलानी दर्ता हुनु अगावै भइसकेको थियो।

फलस्वरूप विक्रम संवत् २०७६ चैत्रमा एक हल रागा खरिद गरी फर्मले व्यवसायिक जीवनको शुरुवात गरेको थियो।

हालसम्म आइपुग्दा यस संस्थामा आबद्ध कृषकहरूले सक्रियता, जागरूकता र केही गरौं भन्ने भावनाको कारण यस फर्मले संस्थागत विकासको बाटो पछ्याइरहेको छ।

फर्मको लक्ष्य तथा उदेश्य

    फर्म को लक्ष्य

यस पशुपंक्षी तथा माछा फर्मको उदेश्य व्यवसायीक पशुपालनको माध्यम बाट आबद्ध कृषकको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउँदै कृषि क्षेत्रमा सर्वोकृष्ट पेशा रहेको आभाष युवाहरुलाई दिलाउँदै, यस क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न मार्गदर्शन फर्मको रूपमा स्थापना हुने।

   

घिमिरे चार दाजुभाईको पशुपालन फर्मको उदेश्य

यस फर्मको दीर्घकालीन लक्ष्य हासिल गर्न फर्मले निम्नअनुसार उदेश्यहरुलाई आत्मसाथ गरेको छ।

  • ‌सदस्यहरुको आर्थिक सामाजिक जीवन स्थरमा सुधार ल्याउनु
  • ‌जिल्लालाई पशुपन्छीजन्य उत्पादनमा आत्मनर्भर बनाउका लागि आवश्यक समन्वय तथा सहकार्य गर्नु।
  • ‌स्थानीय रूपमा व्यवसायिक प्रबंधन मार्फत रोजगारीको सिर्जना गर्नु।
  • ‌आम युवाहरुलाई व्यवसायिक पशुपालनको माध्यमबाट आत्मनिर्भर हुन उत्प्रेरित गर्नु।

फर्मको वर्तमान अवस्था

बागमती नगरपालिका वाड नं.६ सर्लाहीमा अवस्थित रहेको र प्रयाप्त मात्रामा घास उत्पादन हुने क्षेत्र रहेको छ। यस क्षेत्रमा पशुपालन व्यवसाय परम्परागत रूपमा पनि हुँदै आएकोले हावापानीको दृष्टिकोणले पनि उपाउक्त रहेको छ।

यातायात तथा अन्य पूर्वाधार को सुविधा उपलब्ध रहेको हुँदा यस स्थानमा फर्म सञ्चालन गर्न सम्भव रहेको छ।

व्यवसायको दिगोपना तथा विस्तारको लागि फर्मले निम्नअनुसार को चरण पूरा गरेको छ।

  रागा गोठ निर्माण

व्यावसायिक रागाँ/पाडा पालनको लागि गोठको निर्माण र व्यावस्थापन मुख्य कुरा रहेकाे हुँदा, करिब एक सय रागाँ  एकै पटकमा राख्न सकिने गरि आधुनिक रूपमा RCC युक्त गोठको निर्माण गरिएको छ।

वि. स.२०७६ चैतबाट यस गोठमा व्यावसायिक रूपमा रागाँपालन हुँदै आएको छ।

   कुखुरा खोर निर्माण

रागाँ गोठ निर्माण पछि फर्मको बिस्तार योजना अनुरुप एक हजार कुखुरा राख्न मिल्ने खोरको निर्माण गरिएको छ ।

निर्मित खोरमा प्रथमत वि.स.२०७७ भाद्रमा लोकल प्रजातिका एक हजारको संख्यामा चल्ला खरिद गरि पन्छिपालन तर्फ फार्म अघि बढेर यसलाई निरंतरता दिइएको छ।

   माछा पोखरी निर्माण

फर्म बिस्तारको क्रममा २०७७ फाल्गुनमा माछा पालनको लागि दुई वटा पोखरी खनी करिब २५००को संख्यामा भुरा माछा राखेर माछापालन तर्फ अघि बढेर यसलाई निरंतरता दिइएको छ।

    खसी बाख्रा पालन

फर्म सङ रहेको जग्गामा प्रशस्त मात्रामा डाले घास उपलब्ध हुन खसी बाख्रा पालन गर्ने उत्पेरनाको श्रोत भएको हुँदा हाल संवत२०७८ बैशाख देखि बोयर जातिका दुई र सिरोही जातिका चार गरि ६ वटा बोका तथा बाख्रा खरिद गरि खसी बाख्रा पालनको शुरूवात भएको थियो ।

घाँस तथा आहारा ब्यावस्थापन

पाडा तथा खसी बाख्रा पालनको लागि आवश्यक पर्ने घाँसब्यावस्थापनको लागी करिब एक बिगाहा जमिनमा उन्नत प्रजातिका घाँस लगाइएको छ भने आ.व. २०७८/०७९ को अन्त सम्ममा करिब तीन बिगाहा क्षेत्रफलमा यसको बिस्तार भएको छ।

यसैगरी बाग्मती नदि किनारमा अवस्थित घाँसे मैदान पनि पाडाको चरण क्षेत्रको रूपमा उपयोग हुँदै आएको छ।

कुखुरा तथा माछाको आहारा फर्म भित्रै उत्सर्जित बस्तु तथा बजार बाट दाना खरिद गरि ब्यवस्थित गरिएको छ।

  बजारीकरण योजना

यस फर्मबाट उत्पादन गरिने कुखुरा ,हाँस ,बट्टाई तथा यसको अण्डा ,खसी तथा बाख्रा ,रागाँ,माछा आदि फर्ममा सन्चालन हुने छ।

फ्रेस मिट सप बाट बिक्री बितरन गरिनुका साथै इस्थानिय बजार सोल्टी ,बरहथवा ,लालबन्दीमा तथा बर्दिबास ,हेटौंडा ,काठमाडौं सम सप्लाइ गरिन्छ।

फर्म रहेको इस्थल र लक्षित बजारहरु सम्म यातायातको प्रत्येक्ष संजाल जोडिएको हुँदा यहाँको उत्पादनले बजारमाथी सहज पहुँच इस्थापित गर्नेछन्।

यसैगरी फर्म रहेकोे इस्थल लगायत इस्थानिय बजारमा फर्ममा  उत्पादित बस्तुको पुर्ण जानकारी सहितको होद्दिङ बोर्ड राखिने छ।

जैविक सुरक्षाको अवस्था

ब्यवसायिक पशुपालन गर्दा उत्पादन हुने गोबर ,सुलि,पिसाब  आदि संकलन गर्न उपयुक्त इस्थानमा खाल्टो खनी ब्यवस्थित गरिएको छ।

उत्पादित जैविक फोहोरलाई कम्पोस्ट मलको रूपमा प्रयोग गर्ने योजना रहेकोे छ।

उक्त घास उत्पादनमा प्रयोग हुने र इस्थानिय कृषकहरुलाइ कम्पोस्ट मलको  रूपमा बिक्री गरिने  छ।

पशुस्वास्थ्य तथा बिमाको अवस्था

पशुस्वास्थ्यकोलागि फर्मको समयतालिका अनुसार भेटनरी डाक्टर बाट पशुपन्छिको निरिक्षण गरि आवश्यक औषधि उपचार गर्ने ब्यवस्था मिलाइएको छ।

पशु सुरक्षण  बिमा अन्तर्गत फर्ममा रहने सम्पूर्ण पशुपन्छीको बिमा गर्ने गरिएको छ।

    मानव श्रोत ब्यवस्थापन

फर्ममा हाल पाँच जनालाई मासिक रूपमा तलब भुक्तानी हुनेगरी रोजगारी दिएको छ ।

पुर्बाधार निर्माणको क्रममा करिब २५०० कार्य दिनको ज्यालादारी रोजगारी उपलब्ध गराइएको छ।फर्मलाइ आवश्यक जनशक्ति इस्थानिय सतहमा सहज उपलब्ध छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *