काठमाडौं। जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज समूह सी र समूह डीमा दुई खेल हुँदै छन्।
समूह सी: वेस्ट इन्डिज र न्यूजील्याण्ड
आज बिहान ६:१५ बजे नेपाली समय अनुसार, वेस्ट इन्डिज र न्यूजील्याण्डबीच खेल हुनेछ। खेल ट्रिनिडाडको ब्रायन लारा स्टेडियममा हुनेछ। वेस्ट इन्डिजले विश्वकपमा आफ्नो सुरुवाती दुई खेलमा युगाण्डा र पिएनजीलाई पराजित गर्दै ४ अंक बटुलेको छ। यता न्यूजील्याण्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेको छ। वेस्ट इन्डिज र न्यूजील्याण्डबीच अहिलेसम्म भएका १९ टी-२० खेलमा न्यूजील्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ, २ खेल बिना नतिजा सकिएका छन्।
समूह डी: बंगलादेश र नेदरल्याण्डस
आज राति ८:15 बजे नेपाली समय अनुसार, समूह डीमा बंगलादेश र नेदरल्याण्डसबीच खेल हुनेछ। खेल सेन्ट भिन्सेन्टको अर्नोस भेल स्टेडियममा हुनेछ। दुवै टोलीले सुपर ८ मा पुग्नका लागि यो खेल जित्नै पर्ने दबाबमा छन्। बंगलादेशले श्रीलंकालाई पराजित गरे पनि दक्षिण अफ्रिकासँग हार बेहोरेको छ। नेदरल्याण्डसले नेपाललाई हराएको भए पनि दक्षिण अफ्रिकासँग पराजित भएको छ।
जारी आइसीसी टी-२०
दक्षिण अफ्रिका तीन खेलमा तीनै जित निकालेर सुपर ८ मा पुगिसकेको छ। श्रीलंकाले तीन खेलमा २ हार बेहोरेको छ भने नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक मात्र हासिल गरेको छ। यसले गर्दा श्रीलंकाको सुपर ८ मा पुग्ने सम्भावना लगभग समाप्त भएको छ।


