भारतीय प्रधानमन्त्री मोदीको शपथ , आइतबार साँझ सपत लिनेगरि धकेलियो

भारतीय प्रधानमन्त्री मोदीको शपथ एक दिन पछि धकेलियो

भारतमा लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हाल्ने तयारी गरिरहनुभएका भाजपा नेता नरेन्द्र मोदि अर्थात भारतीय प्रधानमन्त्री मोदीको शपथ एक दिन पछि धकेलिएको छ ।यसअघि शनिबार शपथग्रहण गर्ने भनिएकामा सो कार्यक्रम आइतबार साँझका लागि सरेको भारतीय समाचारमाध्यमले जनाएका छन् । कार्यक्रम एक दिन पर सर्नुको कारण भने खुलाइएको छैन ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा भाजपा एक्लैले बहुमत पुर्याउन नसके पनि एनडीए गठबन्धनको नेतृत्व गर्दै मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिन लाग्नु‍भएको हो । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट चाहिनेमा भाजपाले २४० सिटमा सीमित भएको छ । एनडीए गठबन्धनले २९२ सिट जितेको छ । बहुमतका लागि एनडीए गठबन्धनका चार दल- १६ सिट जितेको चन्द्रबाबु नायडुको तेलुगु देशम् पार्टी (टीडीपी), १२ सिट जितेको नीतिश कुमारको जनता दल यूनाइटेड (जेडीयू), ७ सिट जितेको एकनाथ सिन्देको (शिवसेना) र ५ सिट जितेको चिराग पासवानको (लोक जनशक्ति पार्टी रामविलास) को समर्थन मोदीका लागि महत्त्वपूर्ण हुन पुगेको छ ।

टीडीपी र जेडीयू निर्णायक देखिएका छन् । भाजपालाई अहिले नै गठबन्धन सरकार बनाउनु पर्दाको समस्याले सताउन थालेको समाचारमा जनाइएको हुनाले सपथ कार्यक्रम सारिएको हो। टीडीपीले महत्त्वपूर्ण मन्त्रालय र सभामुख तथा जेडीयूले न्यूनतम साझा कार्यक्रम कार्यान्वयन समितिको संयोजक नीतिश कुमारलाई बनाउनुपर्ने माग अघि सारेको छ । अन्य दलले पनि महत्त्वपूर्ण मन्त्रालय दाबी गरेको बताइएको छ ।

चार ठूला मन्त्रालय गृह, रक्षा, अर्थ र विदेश मन्त्रालय भाजपाले अरुलाई नदिने अडान राखेको जनाइएको छ । उता शपथ ग्रहण समारोहमा सहभागी हुन नेपाल, बंगलादेश, श्रीलंका, भुटान र मरिससका सरकार प्रमुखलाई निम्तो पठाइएको भारतीय समाचारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीको शपथ आइतबार हुने।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघे आउने सुनिश्चित भएको भारतीय समाचारमाध्यमले जनाएका छन् । सार्क मुलुकहरु माल्दिभ्स र पाकिस्तानका प्रधानमन्त्रीहरुलाई निम्तो पठाइएको वा नपठाइएको बारे केही खुलाइएको छैन ।मोदीको शपथ ग्रहणमा स्वदेश र विदेशका गरी आठ हजारभन्दा बढी विशिष्ट पाहुना उपस्थिति हुने भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *