नेपाली क्रिकेटका सफल ओपनर कुशल भुर्तेल: शानदार प्रदर्शनको अपेक्षा

कुशल भुर्तेल नेपाली क्रिकेट खेल्दा उत्कृष्ट प्रदर्शन गर्दै

कुशल भुर्तेल नेपाली क्रिकेटका सबैभन्दा सफल ओपनरको रुपमा चिनिन्छन्। उनी फास्ट बलरका रुपमा स्कुलमा क्रिकेट खेल्न थालेका थिए, तर पछि मिडल अर्डरमा ब्याटिङ गर्न थाले। कुशलले ओपनरको रुपमा जस्तो सफलता अरु कुनै पोजिसनमा पाएका छैनन्। उनले ओपनरको रुपमा प्रारम्भिक क्रममा ब्याटिङ गर्न थालेसँगै नेपाली टोली सन्तुलित र बलियो बनेको छ, जसले कुनै पनि टोलीलाई स्तब्ध पार्न सक्छ।

तीन वर्षअघि सम्म नेपाली क्रिकेटको ओपनिङ ब्याटिङ सबैभन्दा ठूलो समस्या थियो। धेरै प्रशिक्षकहरुले विभिन्न खेलाडीलाई ओपनरको रुपमा प्रयोग गरे, तर सफलता प्राप्त भएन। तर २०७८ सालको सुरुवातमै तत्कालीन मुख्य प्रशिक्षक डेव ह्वाटमोरले कुशल भुर्तेल र आसिफ शेखलाई डेब्यूको अवसर दिएर बलियो ओपनिङ जोडी निर्माण गरे। त्यसयता ओडीआई र टी-२० आईमा यी दुईले उत्कृष्ट प्रदर्शन गर्दै धेरै कीर्तिमान बनाएका छन्।

कुशल भुर्तेल बुटवलका हुन् र बाल्यकालमा फुटबल खेल्न रुचाउँथे। तर पछि क्रिकेट खेल्न थालेपछि उनले परिवारबाट राम्रो समर्थन पाए। स्कुल स्तरीय प्रतियोगितामा फास्ट बलरको रुपमा खेलेका कुशलले यू-१६ को बन्द प्रशिक्षणमा छनोट भए। उनी एसीसी यू-१६ प्रतियोगिताका लागि टोलीमा परे, तर चोटका कारण प्रतियोगिता सुरु हुनु अघिनै नेपाल फर्किए।

कुशलले २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा भारतविरुद्ध नेपालका लागि लिस्ट ‘ए’ डेब्यू गरे। उनले नेदरल्यान्ड्सविरुद्ध टी-२० आई क्याप जिते र त्रिकोणात्मक सिरिजमा शानदार प्रदर्शन गर्दै सर्वाधिक २७८ रन बनाएर नेपाललाई उपाधि दिलाए। डेब्यूपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बनेका कुशलले २०२१ मा ओडीआई डेब्यू गरे। उनी अहिले नियमित ओपनरका रुपमा खेल्दै आएका छन् र टी-२० आईमा एक हजार रन पूरा गर्ने चार नेपाली खेलाडीमध्ये एक हुन्। विश्वकपमा कुशलले आफ्नो नेचुरल गेम खेल्नु आवश्यक छ, जसले नेपाली इनिङको आधार तय गर्नेछ।

कुशल ब्याटिङ र बलिङसँगै फिल्डिङमा समेत उत्कृष्ट छन् । एक हजार टी-२० आई रन पूरा गर्ने चार नेपाली मध्येका एक खेलाडी कुशल आक्रामक ब्याटिङका लागि परिचित छन् । पछिल्लो सयम खराब लयबाट गुज्रिरहेका कुशलले विश्वकपमा भने आफ्नो नेचुरल गेम खेल्नु आवश्यक छ । विश्वकपमा कुशलको ब्याटिङले नै नेपाली इनिङको आधार तय गर्ने छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *