कपिलवस्तुमा खोलाले बगाउँदा एक जनाको मृत्यु

बुटवल : कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

वाणगङ्गा ७ का ४० वर्षीय लौटन थारूलाई आइतबार बिहान ७ बजे खोलाले बगाएको थियो । दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले उनलाई बगाएको थियो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङ्ग रायमाझीले लौटनको शव बगाएको ठाउँबाट २ किलोमिटर तल फेला परेको जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *