गण्डकी,कर्णाली र सुदूरपश्चिममा चट्याङसहित पानी पर्ने सम्भावना

शुक्रबार देशभरको मौसम आंशिकदेखि साधारण बदली रही केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौं । शुक्रबार देशभरको मौसम आंशिकदेखि साधारण बदली रही केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।

आज राती देशभर आंशिक देखि साधारण बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै,उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना विभागको छ ।

यो पनि …..

देशभर भारी वर्षा पर्ने,मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *